• २०८३ भाद्र १० गते बुधवार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले घटेर तोलाको ३ लाख २२ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९०० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस