• २०८३ बैशाख १७ गते बिहिवार

सन्दीपको टिम राजशाही दोस्रो खेलमा पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, काठमाडौं । जारी बंगलादेश प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टिम राजशाही वारियर्सले आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा राजशाही वारियर्स ढाका क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो ।

राजशाहीले दिएको १३३ रनको लक्ष्य पछाएको ढाकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको राजशाहीले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो । यस खेलमा सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिएर एक विकेट लिएका थिए ।

यो ढाकाको पहिलो खेल हो भने राजशाहीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस