• २०८३ जेष्ठ ८ गते शुक्रवार

आइपिएल : हैदराबादले लखनउलाई दियो १ सय ९१ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे । उनले २८ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । अनिकेत बर्मा १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोड्दै आउट भए ।

नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए । सिजनको पहिलो खेलमा राजस्थानविरुद्ध शतक बनाएका इशान किशन सामना गरेको पहिलो बलमा नै आउट भए । कप्तान प्याट कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए ।

लखनउको लागि शार्दुल ठाकुरले ४ तथा आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १ विकेट गरे ।

पहिलो खेलमा पराजित लखनउ पहिलो जितको खोजीमा छ । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । राजस्थानलाई पहिलो खेलमा पराजित गरेको हैदराबाद लगातार दोस्रो जितको खोजीमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस