• २०८३ बैशाख ७ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाईल्याण्डको बैंककहुँदै एयर एसियाको उडानबाट काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ३८ वर्षिया शाजिया, ४८ वर्षिय रइश अहमद, ७२ वर्षिया फातमा र ११ वर्षिय हादी अहमद छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सो बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस