• २०८३ असार १ गते सोमवार

राखेपको सदस्यमा टमाटासहित पाँच जना नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त गरेका छन् ।

मन्त्री गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरुलाई मन्त्री गुप्ताले शुक्रबार पद तथा गोपनियताको शपथ समेत गराएका छन् ।

राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस