• २०८३ बैशाख ११ गते शुक्रवार

निशान भट्टराईले गाए पन्तको सङ्गीतमा रोमान्टिक गीत “प्रेम पत्र”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौ। नेपाल आइडलबाट चर्चामा आएका सुमधुर स्वरका धनी निशान भट्टराईले “प्रेम पत्र” बोलको गीत गाएका छन् । गत शनिबार सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। अहिलेका निकै ब्यस्त युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा तयार भएको सो गीत आशिर्वाद पन्तले लेखेका हुन्।

गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ गरेका हुन् । सोनम पाख्रीनको निर्देशन र निमबाबु तामाङको नृत्य निर्देशनमा कमल सिंह र श्रेया कार्कीको अभियान रहेको म्युजिक भिडियोलाई ज्ञान चापागाईंले छायांकन र सम्पादन गरेका हुन् । भिडियो आशिर्वाद म्युजिक युट्युब च्यानलले बजारमा ल्याएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस