• २०८३ बैशाख २४ गते बिहिवार

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९ , कैलाली । आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस