• २०८३ जेष्ठ ३० गते शनिवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १५ सयले बढेर तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस