चैत १३, काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो दोस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले मध्यम योगफल तयार गरेको छ ।

घरेलु मैदान गुवाहाटिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो ।
राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । उनले २८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । ओपनर सञ्जु स्यामसनले ११ बलमा १३ तथा नितिश रानाले ९ बलमा ८ रन जोडे ।
ओपनर यशस्वी जैसवाल २४ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा आउट भए । जोफ्रा आर्चर ७ बलमा २ छक्काको सहयोगमा १७ रन जोड्दै आउट भए ।
कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । पहिलो खेलमा पराजित दुबै टोली पहिलो अंकको खोजीमा रहेको छ ।