चैत १३, काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ । राजस्थानको घरेलु मैदान गुवाहाटीमा कोलकाताका कप्तान अजिक्या राहाणेले टस जितेर बलिङ रोजेका हुन् ।

कोलकाताले आफ्नो प्लेइङ-११ मा १ परिवर्तन गरेको छ । कोलकाताले सुनिल नारायणको स्थानमा मोइन अलिलाई खेलाएको छ । राजस्थानको टोलीमा समेत १ परिवर्तन भएको छ । फैजलहक फारुकीको स्थानमा वानिन्दु हसरंगाले मौका पाएका छन् । एकअर्काको सामना गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
आफ्नो पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग र राजस्थान सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।