• २०८३ असार १६ गते मङ्गलवार

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका अभियुक्तहरूको थुनछेक र जवाफी बहस सम्पन्न भएपछि अदालतले आदेश दिने तयारी गरेको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । स्रोतका अनुसार, जवाफी बहसपछि आजै अदालत आदेश दिनेछ। अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने, वा सामान्य तारेखमा रिहा गर्ने भन्ने आदेश दिनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस