• २०८३ जेष्ठ ९ गते शनिवार

कांग्रेसले निर्वाचन आयोगमा गरायो दल दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । कांग्रेस उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।

दल दर्तापछि कांग्रेसको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग निर्वाचनको तयारी सम्बन्धी छलफल गरेको थियो ।

आयोगले शुक्रबारसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० भन्दा बढी दलले दर्ताका लागि निवेदन दिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस