• २०८३ बैशाख ५ गते शनिवार

एनपिएलः काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
 मङ्सिर ९, काठमाडौँ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।
यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस