• २०८३ साउन ३१ गते आइतवार

  एसीसी यू-१९ प्रिमियर कप: साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस