• २०८३ जेष्ठ २६ गते मङ्गलवार

१४ वटा निर्माण कम्पनी कालोसूचीमा, ६ महिनादेखि १ वर्ष खरिद कारबाहीमा भाग लिन नपाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको यो कार्यालयले आज बिहीबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

सूचनामा ‘जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको उल्लेख छ । यी कम्पनीलाई ६ महिनादेखि एक वर्षको लागि कालोसूचीमा राखिएको हो । नियमानुसार अब ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस