• २०८३ बैशाख ६ गते आइतवार

भिजिट भिसाबारे धेरै चिन्ता गर्नु पर्दैन : श्याम घिमिरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहो¥याउलान् नि किन चिन्ता गर्नुहुन्छ ।’

साथै उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाप्रति बढी चिन्तित भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस