साउन ९, काठमाडौं । विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए ।

उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम गर्न आवश्यक छ । म राजनीतिक संगठनमा छैन् ,कहिल्यै हुन्न पनि । तर धर्मनीति कहिल्यै छाड्दिन । किनकी धर्म नीतिसँगै हाम्रो उत्पत्ति भएको हो । पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको छ । सनातन धर्मको प्रचार गर्नु आवश्यक छ । सनातन धर्म जस्तो उत्कृष्ट धर्म अरु कुनै छैन् ।’