• २०८३ जेष्ठ ३ गते आइतवार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो ।

भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस