फागुन १३, काठमाडौं । कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय शिक्षा बिभागको आयोजनामा खुल्ला निबन्ध लेखन प्रतियोगिता आह्वान गरेको छ। “जीवनका लागि खेलकुद” शिर्षकमा १२ सय शब्द नबढाइ अंग्रेजि वा नेपाली जुनसुकै भाषामा पनि लेख्न सकिने राष्ट्रिय युवा संघ नेपालका सचिव तथा शिक्षा विभाग प्रमुख कुबेर अधिकारीले जानकारी दियो।
निबन्ध लेखनमा प्रथम हुनेले रु ५०,०००।- द्वितीय हुनेले रु ३०,०००।- तृतीय हुनेले रु २०,०००।- राशिको पुरस्कार प्राप्त गर्नेछन । निबन्ध कतैबाट नक्कल गरिएको नभई मौलिक हुनुपर्ने र एक व्यक्तिले एउटा मात्र निबन्ध बुझाउन सक्ने ब्यवस्था रहेको जनाइएको छ।
निबन्ध लेखकले निबन्धको शुरुमा आफ्नो नाम, फोन नम्बर उल्लेख गर्नुका साथै निबन्ध पठाउदा अनिवार्य रुपमा नागरिकताको फोटोकपी पठाउनु पर्ने छ।
निबन्ध लेखकले आवेदन दिदा आफ्नो निबन्ध Email: nyfneducationdepart@gmail.com मा PDF format बनाई पठाउन सकिने छ। आवेदक अथवा निबन्ध लेखकले थप जानकारी लिनु परेमा ९८६०५५८८६०मा सम्पर्क गर्ने सकिने बताइएको छ।
युवाहरूको खेलप्रतिको रुचि लाई मध्यनजर गर्दै खेलको महत्त्व र खेलका माध्यम बाट रास्ट्रको पहिचानमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले यस्तो खालको प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताउनु भयो । खुल्ला निबन्ध लेखन प्रतियोगिताको निबन्ध बुझाउने अन्तिम मिति २०८१-११-१४ गतेसम्म र निबन्धको परिणाम घोषणा फागुन १६ गते हुने रास्ट्रीय युवा संघ नेपालका केन्द्रिय सचिव अधिकारीले जानकारी दिनु भयो ।