• २०८३ बैशाख ९ गते बुधवार

मन्त्रीसहितको सरकारी टोलीको राप्रपा कार्यालयमा छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौं ।   मन्त्रीसहितको सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी निर्वाचनका विषयमा सरकारको काम र पार्टीले गरिरहेको तयारीबारे छलफल गरेको छ ।

सञ्चारमन्त्री जगदिश खरेलले छलफलमा निर्वाचन नै लोकतन्त्रको सही बाटो हो भन्ने विषयमा राप्रपा दृढ देखिएको पाउदा खुशी लागेको बताएका छन् ।

बुधबार उद्योग, पर्यटन र कानुनमन्त्री अनिलकुमार सिंह, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले अनुगमन र छलफलका लागि राप्रपाको कार्यालय पुगेको थियो ।

सरकारी टोलीले आजै जनमत पार्टीको केन्द्रीय कार्यालयमा पनि पुगेर छलफल गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस