मंसिर ८, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २) जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४() जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।