• २०८३ मङ्सिर २ गते मङ्गलवार

आहा रारा पोखरा गोल्ड कप माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, पोखरा । आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ ।

सोमबार आयोजक सहारा क्लब पोखराले माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण आयोजना हुने जानकारी दिएको हो ।

क्लबले पोखरामा आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी शुरु भएको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस