• २०८३ भाद्र १६ गते मङ्गलवार

अल नासर किङ कपको राउण्ड १६ मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । अल नासर किङ कपको राउण्ड १६ मा पुगेको छ । गएराती सम्पन्न खेलमा अल नासरले जेहादलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान र वेसलीले एक एक गोल गरेका थिए भने एक गोल फैसल बिन अबुले आत्मघाती गोल गरेका थिए ।

गएराती नै सम्पन्न खेलमा अल इत्तिहाद, अल हाजम, अल जुल्फी लगायतका टिम राउण्ड १६ मा पुगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस