• २०८३ बैशाख ८ गते मङ्गलवार

जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको हो ।

सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका छन् । दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिन राईले निर्देशन दिएको बताइएको छ ।

भदौ ११ गतेभित्रमा पनि राजीनामा नआए सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरु फिर्ता बोलाउने पदाधिकारीको निर्णय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस