• २०८३ बैशाख १५ गते मङ्गलवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठकले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस