• २०८३ बैशाख ९ गते बुधवार

लिभरपुलमाथि नोट्टीङघमको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले लिभरपुलमाथि शानदार ३-० को जित हासिल गरेको छ ।

नोट्टीङघमको जितमा मुरिल्लो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक एक गोल गरेका थिए । यो जितपछि नोट्टीङघम फोरेस्टको १२ खेलमा १२ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुलको भने यो यस सिजनको छैटौं हार हो । यो हारपछि लिभरपुलको १२ खेलमा १६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस