• २०८३ बैशाख ३१ गते बिहिवार

मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, चितवन । मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले दुईतर्फी आवागमन खुलाउन प्रयासरत रहेको जानकारी दिदै ढुंगा झर्ने क्रम नरोकिएको बताएको छ ।

त्यस्तै मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिक पनि गएराती पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । ठुलो पहिरो खरेकोले पहिरो हटाउन समय लाग्ने जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस