• २०८३ बैशाख ८ गते मङ्गलवार

आइपिएल : दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १०, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो ।

जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए । तर दोस्रो विकेटको लागि अभिषेक पोरेल र के एल राहुलले ६९ रनको साझेदारी गरे । पोरेलले ३६ बल खेल्दै ५१ रन जोडे ।

यसपछि केएल राहुल र कप्तान अक्षर पटेलले दिल्लीलाई जिततर्फ डोर्याए । केएल राहुलले ४२ बल खेल्दै ३ चौका र ३ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण पारी खेले । २० बल खेलेका अक्षर अविजित ३४ रनमा रहे ।

बलिङमा एडन मारक्रमले दुवै विकेट लिए । अन्य बलरले विकेट निकाल्न सकेनन् ।

यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो । सुरूवात राम्रो गरेपनि लखनउका मध्यक्रमका खेलाडीको प्रदर्शन कमजोर रह्यो ।

एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे । सन्तोषजनक सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो । अर्धशतक बनाएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए । उनले २ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो ।

लगतै निकोलस पुरन ९ र अब्दुल सामद २ रनमा नै समेटिए । ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे । यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेविड मिल्लर अविजित १४ रनमा रहे।

बलिङमा मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक बनाएको छ । रन रेटमा दिल्ली दोस्रो स्थानमा कायमै रहेको छ । यता लखनउले नवौं खेलमा चौधौं हार हो। १० अंक सहित पाँचौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस