• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १०, काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७० अंकले घटेको छ । यससँगै सूचक २६६७.६१ विन्दुमा आएको छ । ६४ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १८ कम्पनीको मूल्य बढ्दा १९ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस