• २०८३ बैशाख ३० गते बुधवार

प्रमुख सडक दायाँबायाँका कवाडी संकलन केन्द्र, वर्कसप र ग्रिल उद्योग हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं ।  पोखरा महानगरपालिकाले नगर क्षेत्रका प्रमुख सडकहरुको दायाँबायाँ शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले सोमबार सूचना प्रकाशित गर्दै कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस प्रकृतिका उद्यम तथा व्यवसायहरु ३५ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न अल्टिमेटम दिएको हो ।

महानगरले पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म र नगर क्षेत्रका प्रमुख सडकका दायाँबायाँका शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन भनेको छ ।

महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवयर पसल, डिपो तथा अन्य व्यवसायीहरुलाई समेत सडकपेटीमा निर्माण सामाग्री र साइनबोर्ड लगायतका वस्तु तथा सामाग्रीहरु नराख्न समेत आग्रह गरेको छ । महानगरले अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यमहरु सञ्चालन तथा सामाग्रीहरु राखेको पाइएको अवस्थामा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस