• २०८३ असार ८ गते सोमवार

जेनजीहरुले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं ।   जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका लागि प्रशासनमा पुगेको जेनजी समूहलाई अनुमति नदिएकाे जेनजी अगुवा सौरभ भण्डारीले जानकारी दिएका छन्।

भण्डारीका अनुसार सोमबार जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित पत्र बुझाएका थिए। तर, प्रशासनले आन्दोलनको अनुमति नदिएको उनले बताए।

मिराज ढुङ्गाना सहितको नेतृत्वको समूहले आइतबार आन्दोलनको घोषणा गर्दै सोमबार अनुमति माग्न प्रशासन कार्यालय पुगेको थियो। सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस