• २०८३ जेष्ठ १६ गते शनिवार

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भारत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ ।

सोमबार सम्पन्न समुह बी को खेलमा भारतले पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

जस अनुसार अब समुह ए मा विजेता बनेको बंगलादेशले सेमिफाइनलमा पाकिस्तानको सामना गर्ने छ भने समुह ए मा उपविजेता बनेको नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । सेमिफाइनलका खेलहरु विहिबार हुने छन् भने फाइनल खेल शनिबार हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस