• २०८३ जेष्ठ १० गते आइतवार

अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयमा घुस मागेमा सिधै इमेल र टोलफ्री नम्बरबाट जानकारी गराउन सकिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दा कर्मचारीले घुस मागेमा आफुलाई सिधै जानकारी गराउन इमेल ठेगाना र टोलफ्री नम्बर सार्बजनिक गरेका छन् ।

अर्थमन्त्री खनालले अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएमा इमेल वा टोलफ्री नम्बरमा जानकारी गराउन आग्रह गरेका हुन् ।

सम्पर्क गर्ने ईमेल ठेगाना rameshore@mof.gov.np र gunaso@mof.gov.np र हटलाइन (टोलफ्री) नम्वर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने जानकारी दिइएको छ । यसका लागि मन्त्रालयले सम्पर्क व्यक्ति पनि तोकेको छ । जसमा उपसचिव निरन भट्टराई (९८५१४०५२६५) र शाखा अधिकृत, पवित्रा ज्ञवाली (९८५१४०५२७५) रहेका छन् ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस