• २०८३ जेष्ठ २ गते शनिवार

जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ६, काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३ ओटा बीमा दाबीका लागि ५२ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि सिद्धार्थ प्राइम इन्स्योरेन्सले २७९ ओटा बीमा दाबीका लागि ५० करोड ८३ लाख रुपैयाँ बराबर भुक्तानी गर्नुपर्ने देएिको छ ।

यस्तै, आईजीआई प्रुडेनशियल इन्स्योरेन्समा परेका १७० ओटा दाबीमा २७ करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ३७४ ओटा दाबीमा २३ करोड ९३ लाख रुपैयाँ र सगरमाथा लुजविनी इन्स्योरेन्समा परेका २५७ ओटा दाबी १५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

बीमा प्रकारअनुसार हेर्दा सबैभन्दा बढी संपत्ति बीमामा दाबी दर्ता भएको छ । यस अन्तर्गत ५३८ दाबीबाट १८६ अर्ब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी माग भएको छ । त्यसपछि १ हजार ७७८ मोटर बीमा दाबी २९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । बागमतीमा १ हजार ३४३ दाबीबाट १७९ अर्ब ७७ करोड रुपैयाँ दाबी भएको छ । त्यसपछि कोशी प्रदेशमा ३२२ दाबीबाट १६ अर्ब ५० करोड रुपैयाँ दाबी गरिएको छ ।

May be an image of ‎text that says '‎नेपाल बीमा प्राधिकरण NEPAL INSURANCE AUTHORITY निर्जीवन बीमा ब्यवसायमा मिति ર०ટ૨ भाद्र २३ गतेदेख उत्पनन असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको प्रारमभक विवरण बीमक दाबी संक्या लाखमा आरिएनटल इ.क.लि. सिद्धार्थ प्रिमियर इ.लि. रकम ७३ २७९ आइनिआाई परूडेन्सियल इ.कं.लि. शिखर इ.क.लि. सगरमाथा लू्विनी इ.लि 보코R55.5 १७० 0,5ㅋ5.의구 ६हिमालयन एभरष्ट इ.लि. २४७ २७.६5४.१७ 오주.국국9 १९६ सानिमा जिशाईसी इ.लि. 99٩ ۲۲۲۲۲۲ युनाइ्टेड अजोड इ.लि. 1.&.ವಷಿ ٤ح नपाल इ.क.लि. ११.१5३.5३ १5९ 도추 एनएलनी इ.क.लि. बीमा कम्पनी लि. .၄၀.၃၃ ۹۳۳۹.۹ ۹۲۷ ४.७०९.5३ नशनल इ.क.लि. ४.४.७२.७१ ತంధ प्राटक्टिभ माइक्का इ.क.लि. २० ¥.0ペペ59 २.०१६.१६ ९ ٤٤.٩۲۹ م ٩٩٩٩٩ जम्मा ७२.१९ १७ ¥400 २४७६ 0۹.9 사구ㅅ노독복.0독‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस