• २०८३ बैशाख १० गते बिहिवार

आइपिएल : लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि दियो १६० रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो।

सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे।

सन्तोषजनक सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो। अर्धशतक बनाएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए। उनले २ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो।

लगतै निकोलस पुरन ९ र अब्दुल सामद २ रनमा नै सेमेटिए। ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे। ४ विकेटको नोक्सानीमा दिल्लीले १ सय १० रन बनायो। यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेबिट मिल्लर अविजित १४ रनमा रहे।

बलिङमा मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक जोड्ने दाउमा छ। यता लखनउ पनि छैटौं जितको खोजीमा छ। ८ खेल खेलिसकेको लखनउसँग १० अंक रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस