• २०८३ बैशाख ११ गते शुक्रवार

कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई दियो १ सय ७५ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार गर्यो ।

कोलकाताका लागि कप्तान अजिक्या रहाणेले सर्वाधिक ५६ रन जोडे । उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर रहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे । नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडे ।

कोलकाताका मध्येक्रमका ब्याटर चल्न नसक्दा १ विकेटमा १ सय ७ रन जोडेको अवस्थाबाट ६७ रन थप्दा ७ विकेट गुमायो । पछिल्लो ५ ओभरमा कोलकाताले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो । अन्तिम २ ओभरमा मात्र ९ रन जोडेपछि कोलकाताले बलियो स्कोर खडा गर्न सकेन ।

अंगकृष्ण रघुवंशी २२ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन जोड्दै आउट भए । बेंगलुरुका लागि क्रुर्नाल पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस