• २०८३ बैशाख १८ गते शुक्रवार

खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, रौतहट । रौतहटको सीमावर्ती ईलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का जाबिर आलमको छोरा बर्ष २० को अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका- ४ मठीया गाउँ छेउमा आरोपी कलामले मंगलवार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको थियो।

आरोपी कलाम माथी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस