• २०८३ जेष्ठ २५ गते सोमवार

३ करोड बैंक जमानतमा जोशी रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, रुपन्देही । रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले आइतबार जोशीसँग धरौटी माग गर्ने आदेश दिएको छ। अदालतको आदेशअनुसार जोशीले एकमुष्ट ३ करोड रुपैयाँ बैंक जमानत बुझाएपछि उनी आइतबार नै रिहा भएका जिल्ला अदालतले जनाएको छ।

थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा जोशी यसअघि थुनामा थिए।

Sharing

प्रतिक्रिया दिनुहोस