• २०८३ बैशाख १७ गते बिहिवार

बालविवाह न्यूनीकरण गर्न मुगुमा साझा अभियान सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ६, काठमाडौं ।    हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ । मुगुमा लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह न्युनिकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्युनीकरण गर्न साझा अभियान गरेका हुन ।  यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ ।

जसमा ग्रामिण सामुदायिक संस्था , नेपाल पत्रकार महासंघ मुगु , आई.एन.एफ नेपाल , किर्डाक नेपाल, हिरिसडेक , सहास नेपाल मालिका सामुदायिक विकास केन्द्र , जनसमुदाय सेवा केन्द्र , नागरिक समाज मुगु लगायतका संस्थाले बालविवाह विरुद्ध साझा अभियान सुरु गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुका कार्यकारी निदर्शेक अज बहादुर शाहीले बताउनु भयो ।

उनका अनुसार मुगुमा ९ जनाको कार्यसमितिमा अभियान सुरु भइसकेको छ । अभियानका संयोजक शाहीका अनुसार कर्णाली सहित मुगुमा बालविवाहको दर घटेन भन्ने छ तर यसको यकिन तथ्यांक कुनै सरकारी संस्था वा स्वयम आफु कार्यरत गैरसरकारी संस्थाहरु सँग आधिकारीक तथ्यांक नभएको बताए ।

आज अर्थात आईतवार वालविवाह विरुद्ध साझा अभियान संजाल वालविवाह सम्बन्धि पत्रकारहरु सँग छलफल तथा क्याक्मा कार्यक्रम अन्तर्गत अवगत गराईएको थियो । बढ्दो बालविवाह दरलाई न्युनीकरण गर्न सञ्चारकर्मीको पनि मुख्य भुमिका रहने भन्दै यो साझा अभियानमा समन्वय , सहकार्य र हातेमालो गर्न आवश्यक रहेको कार्यकारी निर्देशक शाहीले अपिल गरेका छन् ।
बालविवाहको साझा अभियानमा छायानाथ रारा नगरपालिका , मुगुम कार्मारोङ्ग गाउँपालिका , सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा यस अभियानले नमुनाको रूपमा काम गर्ने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर ब्यवस्थापन प्रमुख रुप बहादुर मल्लले विश्वास गर्नु भएको छ । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस