पौष ६, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमणका लागि आज भारत जादैछन् । डा. भट्टराईको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम रहेकोछ ।

भ्रमणमा मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना हुने प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली जनसहभागिता मञ्चद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुने सचिवालयले जनाएको छ ।
भट्टराई भ्रमण सकेर पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।