• २०८३ बैशाख ९ गते बुधवार

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले पोखरालाई १८ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ८ विकेट गुमाउदै १७५ रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ५३ रन बनाए भने जिम्मी निशामले ४७ र डान डोउथवेटले ३७ रन बनाए । त्यस्तै सुदूरपश्चिमका बलर हर्मित सिंहले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्बाधि ६८ रन बनाएका थिए भने विनोद भण्डारीले ४३ रन बनाए । त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

त्यसैगरी पोखरा एभेन्जर्सका बलर जेम्मी निशामले ३ विकेट लिएका थिए भने आकास चन्द र डान डोउथवेट २-२ विकेट लिएका थिए । यो सँगै सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गरेको छ भने पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरोको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस