• २०८३ असार १ गते सोमवार

  नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने भएको छ । बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो ।

नेपालले मंसिर ७ गते २ वटा रग्बी सेभेन्स र मंसिर ८ गते १ वटा रग्बी फिफ्टिन्स खेल्ने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस