• २०८३ बैशाख १९ गते शनिवार

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । नेपाल जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेसँगै नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

समुह ए बाट बंगलादेश समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका भने दुवै खेलमा पराजित हुदै बाहिरिएको छ ।

त्यस्तै समुह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै समुह बी बाट भुटान र माल्दिभ्स पनि बाहिरिएका छन् । यद्यपी समुह बी का समुह चरणका अन्तिम खेल सोमबार हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस