• २०८३ भाद्र ४ गते बिहिवार

अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय आशिष बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस