• २०८३ बैशाख १९ गते शनिवार

स्पेनियलमाथि रियल म्याड्रिडको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले स्पेनियलमाथि सहज जित हासिल गरको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा इडर मिलिताओ र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा रियल म्याड्रिडको लगातार पाँचौं जित हो । रियल म्याड्रिडको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी इस्पेनियलको यस सिजनमा यो पहिलो हार हो । इस्पेनियलको ५ खेलमा १० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस