• २०८३ बैशाख १९ गते शनिवार

जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौँ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएका हुन्।

सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन्। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस