पौष १२, काठमाडौं । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

