• २०८३ बैशाख ४ गते शुक्रवार

राष्ट्रिय युवा संघको नेतृत्वमा पाँच जना दाबेदार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल पोखरामा हुने दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । नेकपा एमालेमा आवद्ध युवाहरूको संगठन भएकाले पार्टी पंक्तिकै ध्यान पोखराकेन्द्रित हुन पुगेको छ ।

पार्टी पंक्ति नेतृत्व सर्वसम्मतिले चयनका लागि पहल गरिरहेको भएपनि सर्वसम्मतिले नेतृत्व चयन हुन भने सजिलो देखिँदैन । एमालेको बदलिँदो निर्णय बमोजिम ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ । जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन् । ४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज भने छ । उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा संगठनबाट अलग भइसकेका छन् ।

बाँकी पदाधिकारीमा पनि अध्यक्षकै आकांक्षी चारजना देखिएका छन् । हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी भावी नेतृत्वको दौडमा छन् ।

पुरी उपाध्यक्ष भएर फेरि महासचिव भएका हुन् । नेपालगञ्जमा भएको अघिल्लो महाधिवेशनबाट थेवे अध्यक्ष र पुरी मकिमहासचिवमा सर्वसम्मत चयन भएका थिए । रूपन्देहीका पुरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । उपाध्यक्ष केसी पनि अध्यक्षको दाबेदार हुन् । उनि सहकार्रीकर्मी तथा पार्टी प्यालेस सञ्चालक समेत हुन । उनी युवा संघमा १० बुँदे नजिक मानिन्छन् ।

अर्का उपाध्यक्ष महाराज गुरुङ पनि अध्यक्षको दाबेदार छन् । गुरुङ दोलखाका एमाले नेता पार्वत गुरुङका भान्जा समेत भएकाले एक पक्ष उनलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको छ । उनि पेट्रोल पम्प व्यवसायी हुन । अर्का उपाध्यक्ष प्रकाश गौतम आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यहुँदै नवौं अधिवेशनमा उपाध्यक्ष भएकाले अध्यक्षमा स्वाभाविक दाबी रहेको गौतम बताउँछन् । उनि निमार्ण व्यवसायी हुन । नेकपा एमाले तथा युवा संघमा एक समूह भने थेवेलाई नै दोहोर्‍याउनुपर्छ भन्नेमा रहेको बुझिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस