वैशाख ८, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा यही वैशाख ११ गतेबाट सञ्चालन हुनेछ ।

सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनका क्रममा काठमाण्डौमा रहेकाले कक्षा १२ को परीक्षाका विषयमा अनेक भ्रामक सूचनाहरु आइरहेका छन् ।
परीक्षा स्थगन गरिएको भन्ने भ्रम फैलाएपछि यही वैशाख ५ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जनाएको थियो ।