वैशाख ८, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो।

गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाउन सफल रहे। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साईलाई आउट गरे।
यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरुलाई दबाब दिए। शुभमन शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए। जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे। कोलकातका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १/१ विकेट लिए। अन्य चार बलर विकेट विहिन रहे।
शीर्षस्थानमा रहेको गुजरात छैटौं जित निकाल्ने दाउमा छ। कोलकाता भने ६ अंक सहित सातौं स्थानमा छ।